अन्तर्राष्ट्रिय ‘डेब्यू’ समेत नगरेका खेलाडीको कप्तानीमा मैदानमा ओर्लँदै विराट
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै आएका भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्ने निश्चित छ । विराट १३ वर्षपछि रणजी ट्रफीमा फर्कन लागेका हुन् ।
रणजी ट्रफीको समूहगत चरणको अन्तिम प्रतिस्पर्धा जनवरी ३० तारिखदेखि सुरु हुनेछ । विराट जनवरी ३० तारिखमा सुरु हुने दिल्ली र रेलवेबिचको खेलमार्फत रणजी ट्रफीमा फर्कन लागेको समाचारमा जनाइएको छ ।
सौराष्ट्रविरुद्धको खेलमा भने उनी उपस्थित थिएनन् । घाँटीको समस्याबाट पीडित भएका कारण उनले सौराष्ट्रविरुद्धको खेल नखेलेका हुन् । यसअघि, कोहलीले अन्तिम पटक सन् २०१२ मा रणजी ट्रफी खेलेका थिए । उत्तर प्रदेशविरुद्धको त्यो खेलमा उनले १४ र ४३ रन बनाएका थिए ।
न्युजिल्यान्ड र अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतीय टोली पराजित भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडीका लागि केही कडा नियम जारी गरेको थियो । बीसीसीआईको नयाँ नियम अनुसार, राष्ट्रिय टोलीका खेलाडीहरूले पनि घरेलु प्रतियोगिता खेल्नै पर्ने हुन्छ ।
विराटका अतिरिक्त अन्य केही चर्चित खेलाडीले पनि सन् २०२४–२५ सिजनको रणजी ट्रफी खेल्दैछन् । बिहीबार अरुण जेटली स्टेडियममा सुरु हुने रेलवेविरुद्धको खेलमा विराट कोहलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ समेत नगरेका एक युवा खेलाडीको कप्तानीमा मैदानमा ओर्लने छन् ।
उक्त खेलमा दिल्लीको कप्तानको भूमिकामा २५ वर्षीय आयुष बडोनी रहेका छन् । समाचारमा जनाइए अनुसार, विराट कोहली आयुषकै कप्तानीमा रेलवेविरुद्ध मैदानमा ओर्लने छन् । आयुषले हालसम्म घरेलु क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मात्र खेलेका छन् ।
आयुषले यसअघि लखनउ सुपर जायन्ट्सको तर्फबाट आईपीएल खेलेका थिए । आईपीएलको आगामी संस्करणमा पनि उनी लखनउकै टोलीमा आबद्ध छन् । आयुषले हालसम्म आईपीएलमा ४२ खेलको ३५ पालीमा २४.३८ को औसतले कुल ६ सय ३४ रन बनाएका छन् । उनको स्ट्राइक रेट भने १३४.०३ रहेको छ ।
रणजी ट्रफीको बुधबार सुरु हुने रेलवेविरुद्धको खेलका लागि घोषित दिल्लीको टोलीमा आयुष बदोनी (कप्तान), विराट कोहली, प्रणव राजवंशी, सनत सांगवान, अर्पित राणा, मयंक गुसैन, शिवम शर्मा, सुमित माथुर, वंश बेदी (विकेटकिपर), मनी ग्रेवाल, हर्ष त्यागी, सिद्धार्थ शर्मा, नवदीप सैनी, यश ढुल र गगन वत्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको गम्भीर ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
-
जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल