केबलकार निर्माण कार्य निर्बाध रूपमा अघि बढाउनु पर्छ: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माण कार्यलाई निर्बाध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बर्द्धनका लागि मुकुम्लुब पार्क तथा संग्राहालय निर्माण गर्न माग गरे ।
उक्त विषयमा बारेमा १९ बुँदे धारणा सार्वजनिक गर्दै उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको धारणा राखे ।
लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने भन्दै उनले समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्नेमा जोड दिए ।
उनले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरे । .
उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्ने धारणा राखे । केबलकार पक्षले ताप्लेजुबका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिनुपर्ने बताए ।
केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने र यसबाट समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
-
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’