‘एक्टरः टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
![‘एक्टरः टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने](https://npcdn.ratopati.com/media/news/c_AfqHBvLLDz.jpg)
काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । विजेतालाई ‘एक्टरः टेक वन’को निर्माण कम्पनी अधृत फिल्स् प्रा.लिले निर्माण गर्ने आगामी फिल्ममा अभिनय अवसर दिने गरेर कन्टेस्ट घोषणा गरेको हो ।
कन्टेस्टमा विश्वभरका नेपालीले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म ‘एक्टरः टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा लेख्नुपर्ने जनाइएको छ ।
कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई फिल्मको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि माघ ३० गतेसम्म रहने छ । यस कन्टेस्टको लागि ‘एक्टरः टेक वन’का कलाकार प्रदीप खड्काले विजेता घोषणा गर्नेछन् ।
निर्माण युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य कन्टेन्ट ल्याएको बताउको छ ।
राजन भुसालद्वारा निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने