शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

दीपानारायणको स्वरमा ‘कोपिलाको पुकार’ सार्वजनिक

बुधबार, १६ माघ २०८१, १२ : ५५
बुधबार, १६ माघ २०८१

काठमाडौँ । गायिका दीपानारायण झाको स्वर रहेको गीत एल्बम कोपिलाको पुकार सार्वजनिक गरिएको छ । गीतकार सङ्घले राजधानीमा एक कार्यक्रम गर्दै एल्बम सार्वजनिक गरेको हो । एल्बममा समाजसेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको एकल शब्द छन् । 

६ वटा गीतहरू समावेश एल्बम मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो । एल्बमका गीतमा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, मनोज चौलागाईं, बबिना भट्टराई, सरोज पोखरेल, शंकर थापा स्माईलले संगीत भरेका छन् । गीतमा दिपानारायणलाई अन्जु पन्त, प्रताप दास, बबिना भटटराई, शिवराम विश्वकर्मा लगायतले स्वरमा साथ दिएका छन् । 

गीतकार सरला श्रेष्ठको यात्रा शुभारम्भ कविता सग्रहमा सङ्गृहीत गीति कविता कोपिलाको पुकारलाई सङ्गीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन । गीतमा मनोज चौलागाईको एरेन्ज छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप