आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

महिला यू–१९ विश्वकप : दोस्रो जितले पनि सेमिफाइनलमा पुर्‍याउन सकेन नाइजेरियालाई

बुधबार, १६ माघ २०८१, १२ : १५
बुधबार, १६ माघ २०८१

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा दोस्रो जित हात पारे पनि नाइजेरियाको अगाडि बढ्ने ढोका बन्द भएको छ । नाइजेरियाले बुधबार खेलिएको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ६ रनले हरायो । 

‘सुपर–६’ को समूह–२ अन्तर्गतको यो अन्तिम खेल हो । यो समूहबाट दक्षिण अफ्रिका सात अंकसहित पहिलो र इङ्ल्यान्ड ६ अंकसहित दोस्रो हुँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । चार खेल खेलेको नाइजेरिया पाँच अंकसहित तेस्रो भयो ।
तीन अंकसहित अमेरिका चौथो, दुई अंकसहित न्युजिल्यान्ड पाँचौँ र एक अंकसहित आयरल्यान्ड छैटौँ भए । ‘सुपर–६’ चरणको समूह–१ बाट भने भारत र अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । 

बुधबारको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नाइजेरियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले भने १८.४ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो । 

पहिले ब्याटिङ गरेको नाइजेरियाका लागि ओपनर क्रिस्टाबेलले सर्वाधिक २५ रनको योगदान गरिन् । जवाफी ब्याटिङ गरेको आयरल्यान्डका लागि रेबेका लोले २१ रन बनाइन् । आयरल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन नाइजेरियाकी बलर लिलियन युडेले तीन विकेट लिइन् ।
 

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप