शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमा फसेकी सुनितालाई फर्काउन ट्रम्पले मागे मस्कको मद्दत

बुधबार, १६ माघ २०८१, १२ : ०४
बुधबार, १६ माघ २०८१

 वासिङ्टन डीसी । महिनौँदेखि अन्तरिक्षमा फसेकी अमेरिकी अन्तरिक्षयात्री सुनित विलियम्स र उनेको सहयात्री बुच विलमोरलाई पृथ्वीमा फर्काउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको मद्दत मागेका छन् । आफूसँग ट्रम्पले सुनिता र विल्मोरलाई छिट्टै फर्काउन आग्रह गरेको मस्कले बताएका छन् ।

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले दुई जनालाई यति लामो समयसम्म अन्तरिक्ष स्टेशनमा छोड्नु भयानक भएको सामाजिक सञ्जालमा एउटा पोस्टमा मस्कले भनेका छन् । नासाले महिनौंअघि नै स्पेसएक्सलाई यी दुबैलाई फिर्ता ल्याउन आग्रह गरिसकेको भन्दै दुवैलाई सकेसम्म चाँडो घर फर्काउने पनि मस्कले बताए । सुनिता र विलमोर अन्तरिक्षमा अलपत्र नपरेको, उनीहरू स्वस्थ रहेको अनि दुवैको मनोबल पनि उच्च रहेको भन्ने कुरामा नासा अडिग छ ।

सुनिता र विलमोर २०२४ को जुनको शुरुतिर ८ दिनका लागि मात्रै भनेर बोइङको स्टारलाइनर अन्तरिक्षयान चढेर अन्तरिक्ष स्टेशन गएका थिए । तर जाने क्रममै यानमा केही समस्याहरू आए । 

महिनौंसम्म पनि समस्या समाधान नभएपछि स्टारलाइनर रित्तै धर्तीमा आयो त्यसपछि, नासाले स्पेसएक्सलाई ती दुवैलाई फिर्ता ल्याउन भनेको थियो । यी दुबैलाई छिटै नै स्पेशएक्सको ‘फ्रीडम’ नामक क्याप्सुलबाट अन्तरिक्षबाट फिर्ता ल्याइने मस्कले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप