सहिद दिवसको अवसर पारेर कला प्रदर्शनी
काठमाडौँ । सहिद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला प्रदर्शनीको आयोजना गरेको छ । मंगलबारबाट नक्सालस्थित प्रतिष्ठान परिसरमा ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक सो प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले गरे ।
उक्त अवसरमा उनले विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै कलाकारले आफ्ना कलामार्फत सम्मान गरेको धारणा व्यक्त गरे । ‘हामीले हालसम्म प्राप्त गरेका कुराहरू जनतालाई बुझाउन सक्नुपर्दछ । यसमा कलाकारले आफ्ना सिर्जनामार्फत देश निर्माणमा सहिदको सपनालाई साकार पार्न लाग्नुपर्दछ’ उनले भने । उनले समाज रूपान्तरणमा सहिदले देखाएको सपनालाई पूरा गर्न राजनीतिक नेतृत्व, कलाकार, आम नागरिकलगायत सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले कलाकारले सहिदका जीवनमा आधारित कलाकृति बनाउनुपर्ने र यस्ता कामलाई ग्यालरीमार्फत आम मानिससम्म पुर्याउनुपर्नेमा जोड दिए । उनले सहिदका विविध विषयलाई कमिक्स, स्टोरी बुक, इलस्ट्रेसनमार्फत पनि समेट्नुपर्ने धारणा राखे ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालको संविधान २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै परिवर्तनका लागि भएका देशभक्तिपूर्ण आन्दोलन, सङ्घर्ष, बलिदान, सहिदको उत्सर्ग र त्यागलाई कलाकारले कलामार्फत प्रस्तुत गरेको बताए । सामाजिक रूपान्तरण, जागरण, चेतना, स्वाधीनता, माटो, लोकतन्त्र, वीरता, सहिदप्रतिको सम्मान, एकतालगायतका भाव एवं विषयवस्तुलाई समेटेर प्रदर्शनीको आयोजना गरिएको उनको धारणा थियो ।
प्रदर्शनीमा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, देवेन्द्रकुुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ, जुपिटर प्रधान, एस.सी. सुमन, राजन काफ्ले, राखी कर्ण, सुभाद्री सुभा, तुलसीराम भण्डारी, लक्ष्मण मण्डल, सरिता मण्डल, रुक्साना (मङ्गली) महर्जन, सुुष्मा श्रेष्ठ, रामकृष्ण थापा, सुुवास आचार्य, सिकेन्दर चौधरी, लिलाधर के.सी., भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेलगायतका कलाकारका ५४ कलाकृति राखिएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू, प्राज्ञसभा सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार जनताको घेराबन्दीले आतङ्कित छ : अग्नि सापकोटा
-
साढे २ करोड डलरमा ट्रम्पसँगको मुद्दा राफसाफ गर्दै मेटा
-
अमेरिकाकी संसदमा जन्मजात नागरिकतामाथि रोक लगाउने विधेयक पेस
-
सोनाम ल्होसारको अवसरमा र्याली, २५ तस्बिरमा हेर्नुहोस्
-
वर्तमान सरकार असफल भइसक्यो: माओवादी प्रवक्ता
-
आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा