बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

स्मार्टवाचमा भेटियो क्यान्सर गराउने तत्त्व

बुधबार, १६ माघ २०८१, ११ : ३७
बुधबार, १६ माघ २०८१

 काठमाडौँ । स्मार्टवाच लगाउने गर्नुभएको छ ? यो खबर पढेपछि तपाईँको यो सोच परिवर्तन हुन पनि सक्छ । 

अमेरिकाको नोट्र्रे डेम विश्वविद्यालयले बजारमा सबैभन्दा धेरै किनबेच हुने २२ स्मार्टवाच ब्रान्डमाथि एउटा अध्ययन गरेको थियो, जसमध्ये १५ स्मार्टवाचहरूमा क्यान्सर निम्त्याउने हानिकारक रसायनहरू भेटिएका छन् । अनुसन्धानमा, यी रसायनहरूलाई ‘फरेभर केमिकल्स’ नाम दिइएको छ । यी रसायनहरू धेरै वर्षसम्म पर्यावरणमा रहने र विघटन गर्न धेरै गाह्रो हुने भएकोले यो नाम दिइएको हो ।

रसायनको उपस्थितिको कारण नोट्रे डेम विश्वविद्यालयले आफ्नो अध्ययनमा १५ ब्रान्डका स्मार्टवाचहरूलाई क्यान्सरजनक घोषित गरेको छ । यी स्मार्टवाचका रबर ब्यान्ड बनाउन फ्लोरोइलास्टोमर रबर प्रयोग गरिन्छ । यो एक खालको सिंथेटिक रबर हो । यो तेल, पसिनाजस्ता तरल पदार्थका प्रतिरोधक हो । यस रबर ब्यान्डमा प्रयोग हुने फ्लोरोइलास्टोमर यौगिकले क्यान्सर निम्त्याउन सक्ने वैज्ञानिकहरूले फेला पारेका छन् । रबर ब्यान्डमा यसको घनत्व १५ भन्दा कम हुन्छ । तर यो मात्रा सामान्य व्यक्तिमा क्यान्सर निम्त्याउन पर्याप्त हुन्छ ।

प्रतिबन्ध लगाउन गरिएको थियो माग

स्मार्टवाचको रबर ब्यान्ड बनाउन ४० प्रतिशतसम्म रसायन प्रयोग हुने अनुसन्धानले पत्ता लगाएको छ । यसलाई बनाउन कार्पेट, कागज र कीटनाशकमा पनि पाइने रसायनहरू प्रयोग गरिन्छ । यी रसायनका कारण कलेजो रोगको जोखिम हुन्छ । मामिलाको गम्भीरतालाई ध्यानमा राख्दै युरोपेली संघले फ्लोरोइलास्टोमर यौगिकबाट बनेका कञ्जुमर प्रडक्ट्समा प्रतिबन्ध लगाउन माग गरेको छ । यस अनुसन्धानको निष्कर्षलाई इकोटक्सिकोलोजी एन्ड एन्भायरमेन्टल स्फटी जर्नलमा प्रकाशित गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप