क्रान्तिकारीको निर्वाचन
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमायाले बाजी मारिन्, सचिवमा को–को विजयी भए ?
बुधबार, १६ माघ २०८१, ११ : १०

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर खुशी विजयी भएकी छिन् ।
विश्वविद्यालय र उपत्यका विशेषको बुधबार सम्पन्न मतगणनामा मगरले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् । यसैगरी छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएका छन् ।
यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् । दलिततर्फ आशा उपरकोटीले ७४६ मत ल्याएर बाजी मारेका छिन् । अन्य पदको गणना जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भएको एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य