आर्सनलको पुनरावेदनपछि डिफेन्डर स्केलीलई राहत

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका डिफेन्डर माइलेस लुइस–स्केलीमाथि लगाइएको तीन खेलको प्रतिबन्ध हटाइएको छ । आफ्ना खेलाडीमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा आर्सनलले पुनरावेदन गरेपछि प्रतिबन्ध हटाइएको हो ।
प्रिमियर लिगअन्तर्गत गत शनिबार खेलिएको उल्भ्सविरुद्धको खेलका क्रममा १८ वर्षीय डिफेन्डर स्केलीलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । गलत खेल खेलेको भन्दै निर्धारित समयको ४३औँ मिनेटमा उनले रातो कार्ड पाएका थिए ।
त्यसपछि आर्सनलले आफ्ना डिफेन्डरलाई गलत तरिकाले रातो कार्ड देखाइएको दाबीसहित स्वतन्त्र नियामक आयोगमा पुनरावेदन गरेको थियो । त्यसपछि स्केलीले तीन खेलको प्रतिबन्धबाट उन्मुक्ति पाएका हुन् ।
स्केलीले तीन खेलको प्रतिबन्धबाट सफाई पाएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पनि खुशी व्यक्त गरेका छन् । ‘हामी निकै खुसी छौँ । उनीमाथि गरिएको कारवाही नै गलत थियो । सम्पूर्ण प्रमाण क्लबसँग सुरक्षित छ,’ जिरोनाविरुद्धको खेलअघि प्रशिक्षक आर्टेटाले भनेका छन् ।
उल्भ्सविरुद्धको खेलका क्रममा म्याट डोहर्टीलाई फाउल गरेको आरोपमा स्केलीले रातो कार्ड पाएका थिए । रेफ्री माइकल ओलिभरले गम्भीर फाउल खेलेको आरोपमा स्केलीलाई सिधै रातो कार्ड देखाएका थिए । उक्त खेलमा आर्सनल १–० गोलले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध