अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजय र हेमन्तबिच रोचक प्रतिस्पर्धा
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष प्रदेशअन्तर्गत पदाधिकारीको मतगणना माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । माघ १२ गते सम्पन्न भएको मतदान विवादकाबिच मंगलबार राति १० बजेबाट सुरु भएको थियो ।
बिहान १० बजेसम्म केन्द्रीय सदस्य, सचिवालय सदस्य, केन्द्रीय निकायका पदाधिकारी, केन्द्रीय सचिव र कोषाध्यक्षको मतगणना सम्पन्न भएको विद्यार्थी नेता मदन भट्टराईले जानकारी दिए । उनका अनुसार केही बेरमा महासचिवको गणना हुनेछ । यी दुई प्रदेशमा ५२२ मत रहेको छ ।
सात प्रदेशको मतगणना सकिँदा महासचिवमा राई पक्षका उम्मेदवार रोशन थापामगरले सबैभन्दा बढी ४०९ मत प्राप्त गरेका छन् । सापकोटा पक्षका महासचिवका उम्मेदवार सञ्जय महतोले जम्मा २९५ मत प्राप्त गरेका छन् ।
दुईबिचको मतान्तर ११४ को फरक छ । यस्तै तेस्रोमा प्रतीक कार्कीले १९० मत पाएका छन् । चौथोमा पदमप्रसाद काफ्लेले ११३ मत पाएका छन् । यसैगरी श्याम रोकाले ९४, सञ्जिव फुयाँलले ७६ र शिव बस्नेतले २३ मत प्राप्त गरेका छन् । उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर महतोलाई समर्थन गरेका थिए ।
यता अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्तराई पक्षबिच कडा टक्कर रहेको छ । अध्यक्षमा सापकोटा २० मतले अग्रता लिएका छन् । उनले ४८१ मत पाउँदा अर्का अध्यक्षका उम्मेदवार राईले ४६१ मतका साथ पछ्याइरहेका छन् । तेस्रोमा उपदेश यादवले २२१ मत पाएका छन् भने सुदिन पौडेल १४४ मत पाएर चौथो स्थानमा छन् ।
प्रदेशतर्फ सापकोटा, राईसहित सुदिन पौडेल र उपदेश यादवले फरक फरक मत पाएका छन् । सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १५, लुम्बिनीमा १०, कर्णालीमा ५, सुदूरपश्चिममा २२ मत पाएका छन् । तर बलियो प्रतिस्पर्धी ठानिएका अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८, सुदूरपश्चिममा १६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्कर : दुर्घटनामा कोही पनि नबाँचेको जानकारी गराइयो
-
अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन : नयाँ युगका लागि ‘ब्रेक थ्रु’
-
महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा चयन
-
कुरान जलाउने व्यक्तिको गोली हानी हत्या
-
ग्रिन टीको सेवनले कम होला त मुटु रोगको जोखिम ?
-
विपक्षीको चेतावनीपछि बागमती प्रदेशसभामा विधेयक पेस नहुने