मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीअघि आईसीसीका सीईओको राजीनामा

बुधबार, १६ माघ २०८१, १० : २०
बुधबार, १६ माघ २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेओफ एलार्डिसले आफ्नो पदबाट राजीनामा दिएका छन् । एकदिवसीय विश्वकपपछिको दोस्रो ठलो प्रतियोगिता च्याम्पियन्स ट्रफीको संघारमै सीईओ एलार्डिसले राजीनामा दिएका हुन् । 

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तानमा आयोजना हुँदैछ । भारतले भने च्याम्पियन्स ट्रफीमा आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ संयुक्त अरब इमिरेट्स (यूएई) मा खेल्नेछ । 

सीईओ एलार्डिसले राजीनामा दिनुको कारण भने सार्वजनिक गरिएको छैन । आईसीसीले पनि यस विषयमा केही बताएको छैन । तर, ठुलो प्रतियोगिताको सङ्घारमा उनले पद त्याग गर्दा विश्व क्रिकेटमा विभिन्न अनुमान सुरु भएको छ ।

‘आईसीसीको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने अवसर पाउनु मेरा लागि सौभाग्यको विषय हो । क्रिकेटलाई विश्वब्यापी रुपमा लोकप्रिय खेलका रुपमा स्थापित गराउन हामीले निर्वाह गरेको भूमिका पनि महत्वपूर्ण छ । यसका लागि हामी गर्व गर्न सक्छौँ,’ एलार्डिसले भनेका छन् । 

एलार्डिस करिब १३ वर्षअघि क्रिकेट अस्ट्रेलियाहुँदै आईसीसीसँग जोडिएका थिए । उनी सन् २०१२ मा आईसीसीको क्रिकेट महाप्रबन्धकको भूमिमा थिए । करिब आठ महिना कार्यवाहक सीईओको भूमिकामा काम गरेपछि उनी सन् २०२१ को नोभेम्बरमा सीईओ बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप