थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल
![थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल](https://npcdn.ratopati.com/media/news/naryan-dahal_B2RqVv7cIa.png)
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।
सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै उनले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।
माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्तिशहीदहरूले देखेको सपना र लिनुभएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरे ।
राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा शहीदहरुको योगदानको कदर गर्दै सहिद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरुप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ । नेपालका प्रथम सहिद लखन थापामगरदेखि जहाँनिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसङ्घर्षको बलमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो ।
अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारितापूर्वक कार्यान्वयन गर्न शहीद दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णयको स्वागत
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
-
अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
-
शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान
-
सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी: कांग्रेस महामन्त्री