चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
काठमाडौं । चिनियाँ एआई एप डीपसीकको थेगिनसक्नु डाउनलोडले उथलपुथल भएको अमेरिकी शेयर बजार मंगलबार ट्रयाकमा आएको छ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप डीपसीकको लोकप्रियताले सोमबार अमेरिकी मुख्य टेक कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएकामा मंगलबार बजार स्थिर बनेको हो ।
चिप लिडर एनभिडियाको शेयर मूल्यमा मंगलबार सामान्य सुधार देखियो । पछिल्लो दुई वर्षयता अेमरिकी शेयर बजारमा एआई लगानीले तीब्र बढावा पाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो क्षणलाई अमेरिकी प्रविधि उद्योगका लागि ‘जागने घण्टी’को संज्ञा दिए । उनले त्यसो गर्दा अमेरिकाका लागि यो चेतावनी सकारात्मक सावित हुनसक्ने सुझाव समेत दिएका छन् ।
ट्रम्पले एयरफोर्स वनमा संवाददाताहरुसँग भने, ‘यदि कम लागतमा अन्यसरह अन्तिम परिणाम हासिल गर्न सकिन्छ भने यो हाम्रो लागि खास हुनसक्छ ।’ साथै ट्रम्पले आफुलाई सफलताको चिन्ता नरहेको र अमेरिका यो क्षेत्रमा एक प्रमुख खेलाडी बनिरहने प्रतिक्रिया समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो