कडा सुरक्षा घेराबिच अखिल क्रान्तिकारीको मतगणना
_Cxj2o9V3UJ.jpg)
काठमाडौँ । कडा सुरक्षा घेराबिच अनेरास्ववियु क्रान्तिकारीको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना सुरु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मतगणना सुरु भएको हो ।
पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र केन्द्रीय निकायहरूको छुट्टा छुट्टै गरी चार ठाउँबाट मतगणना गरिएको विद्यार्थी नेता मदन भट्टराईले जानकारी दिए । २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन भएको थियो । तर मत गणनाको विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबिच विवाद हुँदा स्थगित भएको थियो ।
मंगलबार दिनभर सर्वपक्षीय बैठकमा दुई पक्षबिच सहमति भएपछि निर्वाचन समितिले मतगणना गरेको हो । तारबारसहित कडा सुरक्षा घेरामा मतगणना भइरहेको छ ।
उपत्यका विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ गरी ५२२ मत गणना हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन