सिरहामा ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु
मङ्गलबार, १५ माघ २०८१, २२ : ०८

सिरहा । ट्र्याक्टरमा सवार एक युवक खस्दा सोही ट्र्याक्टरले किची एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा स१त ३८४४ नम्बरको ट्र्याक्टरमा कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्र्याक्टरमा सवार मुखिया अकस्मात् खस्दा सोही ट्र्याक्टरको बयाँ चक्कामुनि परी शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
उनको लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता पासनवानले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै