कोहलपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु
मङ्गलबार, १५ माघ २०८१, २२ : ००

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जङ्गलमा गएका एक किशोरको आज करेन्ट लागेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार अर्याललाई कोहलपुर नगरपालिका–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो । घाँस काट्नका लागि कुसुमको रूखमा चढेका अर्यालले विद्युत्को हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रनाउ भण्डारीको भनाइ छ ।
रूखमा करेन्ट लागेपछि भुइँमा लडेर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब