१० बजे १० समाचार : अमेरिका हल्लाउने डिपसिकदेखि सामाजिक सञ्जाल विधेयकको चर्चा
काठमाडौँ । आज २०८१ माघ १५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘वार्मअप’
एक हप्ता लामो बसाइका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आइपुगेकी छिन् । यस अवधिमा उनले विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनेछिन् । अनौपचारिक रूपमा भने एमालेका नेता, कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिने उनको तयारी छ ।
- सेनाले बनाइरहेका आयोजना
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक), कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक र दार्चुला–टिंकर सडकखण्ड, यी हुन् नेपाली सेनाले बनाइरहेका अर्थात् जिम्मा पाएको पाँच रणनीतिक आयोजना।
- हिउँदे अधिवेशन
संघीय संसद्का दुवै सदनको अधिवेशन यही माघ १८ गते सुरु हुँदै छ । यो हिउँदे अधिवेशनबाट कति विधेयकले कानुनको रूप लिन्छ भन्ने कौतुहलता संसदीय मामिलामा चासो राख्नेहरूमा देखिन्छ । यस्तै, सरकारले सदनमा विचाराधीनबाहेक नयाँ विधेयक कति ल्याउँछ र त्यसलाई कानुनमै रूपान्तरण गर्छ भन्ने कौतुहलता पनि उत्तिकै छ ।
- एकीकृत समाजवादीको अपानि
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेको सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको नेतृत्व र उसैको नेतृत्वको सरकार सार्वजनिक जीवनमा समेत बदनाम हुँदै गएको दाबी गरेका छन् ।
- आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद
स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबिच भएको सहमतिलाई लिएर आवासीय चिकित्सकहरू आक्रोशित बनेका छन् । स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरूको निर्वाह भत्ताका विषयमा गरेको सहमतिप्रति उनीहरू आक्रोशित बनेका हुन् ।
- सामाजिक सञ्जाल विधेयक
सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गराएको छ । उक्त विधेयक हिउँदे अधिवेशनमा पेस हुनेछ । विधेयकमा भएका कतिपय प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्न सक्ने विज्ञहरू बताउँछन् ।
- समाजवादी मोर्चा
समाजवादी क्रान्तिको आधार तय गर्ने उद्देश्यले गठन भएको चारदलीय समाजवादी मोर्चाका नेताहरूबिच घोचपेच भएको छ । लामो समयपछि मंगलबार राजधानीमा मोर्चाले गरेको विचार सभामा नेताहरूबिच घोचपेच चलेको हो ।
- डिपसिकले अमेरिकी बजारमा उथलपुथल
चिनियाँ एआई मोडल डिपसिकले अमेरिकी बजारमा उथलपुथल मच्चाएको छ । कम लागतवाला एआई च्याटबोट डीपसीकको प्रभावले वाल स्ट्रीटमा झटका लागेको हो । जसकारण एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलर बढीको नोक्सान भएको छ । सोमबार बजार खुल्नासाथ अन्य प्रमुअ मेरिकी कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखियो ।
- संविधान संशोधन बहस
नेपाल ल कलेजकी उपप्राध्यापकसमेत रहेकी संवैधानिक र अन्तर्राष्ट्रिय कानुनकी विज्ञ रुक्मिणी महर्जनले नेपालमा समावेशिता र आरक्षणका विषयमा लामो समयदेखि अध्ययन र अनुसन्धान गर्दै आएकी छन् । उनै महर्जनसँग रातोपाटीको संविधान बहसका लागि गरिएको कुराकानीको मुख्य अंश:
- विप्लवको ‘सी व्यापार केन्द्र
एकीकृत राजनीतिक क्रान्ति र उत्पादनलाई सँगसँगै अगाडि बढाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । काठमाडौँको बुढानीलकण्ठस्थित तल्लो पासीकोट पिपलाचोकमा सञ्चालनमा ल्याइएको ‘सी व्यापार केन्द्र’ मा नेकपाका नेता–कार्यकर्ताले देशभर उत्पादन गरेका सामाग्री बिक्री गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा हटाइयो ६ लाखभन्दा बढी भेनेजुएलीको अस्थायी संरिक्षत स्थिति, अब के होला ?
-
कुम्भ मेलामा मारिनेको आश्रितलाई २५ लाख दिँदै भारत
-
आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास
-
माओवादी संसदीय दलको बैठक आज
-
माग पूरा नभएको भन्दै निर्माण व्यवसायी शुक्रबारदेखि सडकमा उत्रिने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)