कोशी सरकारद्वारा पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।
केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रूपमा वार्ताको आह्वान गरेको छ । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बताए ।
प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श
-
ब्रोकर कम्पनी मर्जरको खुल्यो बाटो, १० प्रतिशतले थपघट गरी सेयर स्वाप अनुपात
-
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु
-
अदालत परिसरमा समर्थकलाई धवलशमशेरले भने– नआत्तिनुस्, गन्तव्य नजिक छ
-
लोकतन्त्रका पक्षमा र पश्चगमनविरुद्ध गोलबद्ध हुन एमालेको आह्वान
-
सोमबार सार्वजनिक बिदा