मध्यपश्चिमलाई जय नेपाल कप टी—२० क्रिकेटको उपाधि
काठमाडौँ । नेपालको मध्यपश्चिम विश्वविद्यालयले मंगलवार जय नेपाल कप अन्तरविश्वविद्यालय टी—२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले हराउँदै मध्यपश्चिम विश्वविद्यालय च्याम्पियन भएको हो ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गरेको यस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल आठ विश्वविद्यालयले प्रतिस्पर्धा गरेका थिए । बंगलादेशको एक, भारतको तीन र नेपालका चार विश्वविद्यालयले जय नेपाल कप टी—२० प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।
फाइनलमा दिवान पुन र विपिन खत्री चम्किँदा मध्यपश्चिमले भारतीय टोलीमाथि सहज जित निकालेको हो । मध्यपश्चिमले १७६ रनको लक्ष्य दिएको थियो । जबाफी लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो । लखनउका ओपनर मनन कन्दपालले ५८ रन, हर्षवर्धन सिंहले १५ रन र यस वर्धन सिंहले १४ रनको योगदान दिए । मननले ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक अन्यले ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालको टोली मध्यपश्चिमका बलरले अनुशासित बलिङ गरे । दिवान पुनले तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । उनले चार ओभरमा २२ रन दिए । दिवान प्लेयर अफ द फाइनलमा पनि भए । राजकुमार शाहले दुई तथा दिनेश अधिकारी, सुवास भण्डारी र रविन्द्रजंग शाहीले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७५ रन जोड्यो । मध्यपश्चिमको सुरुवात राम्रो हुन सकेको थिएन । ३८ रनमा जोड्दा नै चार विकेट गुमाइसकेको थियो ।
तर, दिवान र विपिनले अर्धशतकीय इनिङ खेल्दै मध्यपश्चिमलाई राम्रो स्थितिमा पुर्याए । दिवान ५८ रनमा रनआउट हुँदा विपिन ५९ रनमा नटआउट रहे । दिवानले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । २८ बलमा खेलेका विपिनको इनिङमा पाँच चौका र चार छक्का रह्यो । ओपनर निश्चल रावलले १९ र राजकुमार शाहले १५ रनको योगदान दिएपछि मध्यपश्चिमले राम्रो योगफल बनाएको हो । मध्यपश्चिमले अतिरिक्त १२ रन पनि पायो ।
लखनउले सात बलर नै प्रयोग गरे पनि सबै महँगा रहे । अभिशेक सोनी, मनन र हर्षवर्धनले समान एक विकेट लिँदा अन्य विकेटविहीन भए । प्रतियोगिताका विजेतालाई खेलाडीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले पुरस्कृत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग पूरा नभएको भन्दै निर्माण व्यवसायी शुक्रबारदेखि सडकमा उत्रिने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
बजेट विवाद : सरकारले वातावरण नबनाए प्रदेशसभा चल्न नदिने माओवादीको चेतावनी
-
पोखरा महानगरले हटाएका कर्मचारी सर्वोच्चमा, तत्काल नहटाउन अल्पकालीन आदेश
-
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार
-
सूचना प्रवाह नियन्त्रण होइन, नियमन गर्नुपर्छ : गोकुल बास्कोटा