‘एक्टर : टेक वन’को प्रदर्शनमा रोक, के हुन्छ बिक्री भएको टिकट ?
![‘एक्टर : टेक वन’को प्रदर्शनमा रोक, के हुन्छ बिक्री भएको टिकट ?](https://npcdn.ratopati.com/media/news/aktor-take-one-(1)_pwUiCDswz4.jpg)
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनी अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सहिद दिवसको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ । तर फिल्मको प्रदर्शनका लागि हलले अग्रिम बुकिङ खुल्ला गर्दै टिकट समेत बेचेका छन् । फिल्मनै प्रदर्शन नहुने भएपछि बिक्री भएको टिकट के हुन्छ ? यो विषयमा सर्वसाधारण अन्योलमा रहेका छन् ।
यस विषयमा हलवालाहरूको छाता संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले अदालतको आदेशको विषयमा छलफल भइरहेको बताए । ‘हामी अदालतको भाषा बुझ्दैनाँै’, उनले भने, ‘वकिलसँग सल्लाह गरेर यस विषयमा अगाडि बढ्छाँै । ’ टिकटको विषयमा पनि केही समयपछि निर्णय हुने महर्जनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात