अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्तमा भएका छन् । नक्सालमा मंगलबार पत्रकार सम्मेलनमार्फत अप्टिमस ग्लोबलले नेपाली क्रिकेट टोलीका ब्याटर अनिललाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबिच सम्झौतापत्रमार हस्ताक्षर भएको थियो ।
सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव राजीव गुरुङले पछिल्ला समय खेलाडीलाई शैक्षिक परामर्सदाताले खेलाडीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै आएको उल्लेख गरे । उनले खेलाडीको अवस्था बुझेर नै यस क्षेत्रले खेलाडीहरूसँग सहकार्य गर्दै आएको धारणा राखे ।
शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंसा गरे ।
अनिलको कप्तानीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको थियो । उनी सन् २०१८ देखि राष्ट्रिय«य क्रिकेट टिममा रही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाइ प्राप्त गर्ने साहको विश्वास छ । उनले खेलकुद र शिक्षा एकआपसमा राम्रोसँग जोडिँदा आएको र खेलकुदलाई माया गर्ने अधिकांश विद्यार्थीहरू रहेको बताए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी