बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

४१ करोडको सुपारी आयात हुँदा ७७ करोड राजस्व संकलन

मङ्गलबार, १५ माघ २०८१, १७ : ४७
मङ्गलबार, १५ माघ २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४१ करोड बराबरको सुपारी आयात हुँदा ७७ करोड राजस्व संकलन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ४१ करोड ८१ लाख ९३ हजार रुपैयाँ बराबरको ३१ लाख ६२ हजार २८ किलो सुपारी आयात भएको छ ।

उक्त सुपारी आयात हुँदा ७७ करोड ८० लाख  ७२ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ । सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ अन्तशुल्क १०० रुपैयाँगरी आयात कर्ताले भन्सारमा प्रतिकिलो २०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । जसका कारण आयात मूल्यभन्दा राजस्व संकलन बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप