प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरूलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरूलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस सेन्टर नेपाल मोरङका सचिव अनिल श्रेष्ठले जानकारी दिए । आश्रममा २९ जना महिला र ३६ जना पुरुष ज्येष्ठ नागरिक रहेका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई आवश्यक पर्ने प्राथमिकता उपचार र दिर्घरोगीका ज्येष्ठ नागरिकले सेवन गर्ने औषधी पनि वितरण गरिएको छ । फलफूल र स्वास्थ्य सामाग्री प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष नवीन कर्ण, उपाध्यक्ष श्रीमन्त भट्टराई र कोषाध्यक्ष प्रेम देवानले विराटेश्वर वृद्धा आश्रमका अध्यक्ष जगतप्रसाद आर्याललाई हस्तान्तरण गरे ।
फलफूल र स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश १ का निवर्तमान अध्यक्ष विनोद घिमिरे, सेन्टरका उपाध्यक्ष सुजता लिम्बु, महासचिव गोकुल पराजुली, प्रदेशका सदस्य हरि अधिकारी, प्रेस सेन्टर मोरङका निवर्तमान अध्यक्ष अर्जुन आचार्यलगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान