अखिल क्रान्तिकारीमा रातो मसी विवाद अझै सुल्झिएन

काठमाडौँ । अखिल क्रान्तिकारीका तीन जना अध्यक्षका उम्मेदवारले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्न माग राखेका छन् । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उम्मेदवार हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले सो माग राखेका हुन् ।
उनीहरूले रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने माग समेत गरेका छन् । उनीहरूले व्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएका मत बदर गर्न समेत अनुरोध गरेका छन् । राई, यादव र पौडेलको यो अडानले अध्यक्षका अर्का उम्मेदवार विजय सापकोटा पक्षको निर्णयलाई असहमति जनाएका हुन् ।
अखिल क्रान्तिकारीको शनिवार ८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । तीमध्ये ७ वटा मतदान केन्द्रमा मतगणना भैसकेको छ भने वाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे विवाद भएपछि मतगणना स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन