बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

जापानले जित्यो पेष्ट्री वर्ल्ड कप

मङ्गलबार, १५ माघ २०८१, १५ : ४८
मङ्गलबार, १५ माघ २०८१

टोकियो । जापानले पेष्ट्री वर्ल्ड कप जितेको छ । हरेक २/२ वर्षमा हुने यो प्रतिस्पर्धामा फ्रान्सलाई हराउँदै जापानले उपाधि चुमेको हो । 

प्रतिस्पर्धामा इजिप्ट, मरिसस, चीन, मेक्सिको, बेलायत, दक्षिण कोरियालगायत देशहरू पनि सहभागी भएका थिए ।

हरेक समूहमा तीन जना सदस्यहरू थिए: चकलेट, आइस र चिनी विज्ञ । यिनीहरूलाई आफ्नो देशको प्रतिनिधित्व गर्न सक्ने डेजर्ट बनाउने काम दिइएको थियो । यो कामका लागि हरेक टिमसँग ५ घण्टाको मात्रै समय थियो ।

मलेसियाले कांस्य पदक जित्दा पेष्ट्री वर्ल्ड कप आयोजक फ्रान्स तेस्रो स्थानमा समेटिएको छ । चीन चौथो र बेल्जियम पाँचौं स्थानमा आएको थियो । 

इटली छैटौँ स्थानमा रहँदा दक्षिण कोरिया सातौँ र सिंगापुर आठौँ स्थानमा रह्यो । त्यस्तैगरी, बेलायत नवौँ र अर्जेन्टिना १० औँ स्थानमा रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप