तीन दिन घटेपछि सुधारियो नेप्से, विकास बैंक समूहमा उत्साह

काठमाडौँ । तीन दिन घटेपछि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से २४.५० अंकले बढेको हो । योसँगै बजार परिसूचक २६५७.७७ अंकमा पुगेको छ ।
अघिल्लो कारोबार दिनसम्म नेप्से लगातार घटेको थियो । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१०, आइतबार १०.४१ र सोमबार १०.६६ अंकले घटेको थियो ।
मंगलबार बजारमा ९ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । बजारमा मंगलबार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा कारोबार भएका सबै उपसूचकको मूल्य मंगलबार बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहमा ४.०७ प्रतिशतले उत्साह आएको छ ।
मंगलबार बजारमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, त्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्स, सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार गर्ने कम्पनी बन्न सफल भयो । कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई