नेपाली सेना दिवस २०८१ को अवसरमा प्रदर्शनी, तस्बिरहरू

काठमाडौँ । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रवीण रानाभाट प्रथम, प्रनिसन राजभन्डारी द्वितीय र सरोज बैजु तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिएको छ ।
यसका साथै, महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले ‘सेना दिवस २०८१’ पारेर नेपाली सेनाको विभिन्न गतिविधि, हातहतियार, उपकरण, पोसाक तथा अन्य सामग्रीहरूको प्रदर्शनी गरिएको छ । माघ १५ गतेदेखि १८ गतेसम्म जङ्गी अड्डा परिसरमा “नेपाली सेना फोटो तथा वस्त्र प्रदर्शनी २०८१” सञ्चालन हुनेछ
प्रदर्शनीमा नेपाली सेनाको इतिहास, वर्तमान गतिविधि र विविध पक्षलाई झल्काउने सामग्रीहरूको सेनाका गतिविधि र कला संस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू छन् ।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी