गृहमन्त्री लेखकसँग भारतका अतिरिक्त सचिव महावरको भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । मङ्गलवार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुई देशका सीमा सुरक्षा बल बिचको सम्बन्ध तथा सहकार्य र लागू औषध ओसार पसार तथा दुर्व्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
साथै कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्बन्धी समझदारीबारे समेत छलफल भएको गृह मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखक र अतिरिक्त सचिव महावरले दुई देशबिच आगामी दिनमा समेत सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् । मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाव पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन