आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

वास क्षेत्रमा अधिकतम लगानी बढाउन मन्त्री यादवको अपिल

मङ्गलबार, १५ माघ २०८१, १५ : ०७
मङ्गलबार, १५ माघ २०८१

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सबै नेपालीको घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउने साझा लक्ष्य पुरा गर्न विकास साझेदार संस्थासँग छलफल गरि ‘वास’ क्षेत्रमा अधिकतम् लगानी बढाउन अपिल गरेका छन् । 

त्यसका लागि उनले संघ, प्रदेश र स्थानीय तहहरूबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

मंगलबार खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले साझा लक्ष्य पुरा गर्न  विकास साझेदारसँग वाश क्षेत्रमा अधिकतम लगानी गर्न अनुरोध समेत गरे । 

संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै उनले वि.सं २०७९ मा आएको खानेपानी तथा सरसफाइ ऐनको निरन्तरता स्वरूप २०८१ माघ १० गते खानेपानी तथा सरसफाइ नियमावली, २०८१ पनि कार्यान्वयनमा आइसकेको बताए । 

खानेपानी तथा सरसफाइ क्षेत्रमा बजेट घट्दो क्रममा रहेको र सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने दीगो विकास लक्ष्य हासिल गर्न चुनौती रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप