‘फास्ट ट्रयाक’ बाट अध्यादेश पारित गर्ने सरकारको निर्णय
मङ्गलबार, १५ माघ २०८१, १४ : ४०

काठमाडौँ । सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकबाट पारित गरिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
जसअनुसार अध्यादेशहरु कार्यान्वयनका लागि फास्ट ट्रयाकबाट पारित गरेर आवश्यक नियमावलीहरु बनाउने निर्णय भएको उनको भनाइ छ ।
उनले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा