चीनले पनि अमेरिकामा रहेका अवैध आप्रवासीलाई फिर्ता ल्याउने

बेइजिङ । अमेरिकामा अवैध रूपमा बसिरहेको भनेर पहिचान भएका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन चीन तयार रहेको छ । चीन सरकारले अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने बताएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका मानिसहरूलाई फिर्ता नलगेमा उनीहरूमाथि कर र प्रतिबन्ध लगाउने धम्की दिएका थिए । हालैका महिनाहरूमा, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले पाँचवटा चार्टर उडानहरूमा सयौँ चिनियाँ नागरिकहरूलाई चीन फिर्ता पठाएको थियो । उनीहरूलाई अमेरिकाले अवैध बासिन्दा घोषित गरेको थियो ।
विभागले चीनले आफ्ना नागरिकहरूलाई अस्वीकार गरेमा भिसा प्रतिबन्धसहित गम्भीर परिणामहरू भोग्नुपर्ने चेतावनी दिएको छ । ‘हामी अमेरिका र अन्य देशका अध्यागमन र कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ । प्रमाणीकरण पछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएपछि चीन ती नागरिकहरूलाई फिर्ता लैजान चीन तयार छ,’ यसबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा सञ्चारकर्मीसँग कुरा गर्दै भनेका थिए । ट्रम्पले गत हप्ता आफ्नो कार्यकालको पहिलो दिन नै अवैध आप्रवासनलाई राष्ट्रिय आपत्काल घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक
-
साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?