प्रधानमन्त्रीको दाबी : आईटीसम्बन्धी अध्यादेशबाट युवाहरू खुसी छन्
मङ्गलबार, १५ माघ २०८१, १४ : ३७
![प्रधानमन्त्रीको दाबी : आईटीसम्बन्धी अध्यादेशबाट युवाहरू खुसी छन्](https://npcdn.ratopati.com/media/news/kp-oli_NMcQ3kllUu.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताएका छन् । मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले ल्याएका अध्यादेश आम रूपमा सही भएको दाबी गर्दै देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताए ।
उनले संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश स्थायी कानुनका रूपमा परिणत हुने भन्दै त्यसका लागि सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।
‘आम रूपमा अध्यादेश सही छन् । विशेषगरी आइटी सेक्टरका युवाहरुले स्वागत गरेर खुसी मनाएका छन्’, प्रधानमन्त्री ओलीले भने– ‘यसले युवाहरूलाई नेपालमा बसेर काम गर्ने वातावरण बनाउँछ ।’ उनले विदेशमुखी नभएर स्वदेश र विकासमुखी हुनुपर्ने भन्दै यस्तै कुरा लिएर जनतामा जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी