८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताएका छन् ।
मङ्गलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने कुरा गरेको त कतिपयले बङ्गलादेशको कुरा गरे पनि त्यो सम्भावना नरहेको बताए । उनले लोकतान्त्रिक र संवैधानिक व्यवस्था बाहेकका गतिविधि अस्वीकार्य हुने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा सबै बस्नुपर्ने बताए ।
‘नेपालमा लोकतान्त्रिक र संवैधानिक व्यवस्था अन्तर्गत हुने सबै कुरा स्वीकार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाहेक अरू प्रकारका प्रवृत्तिबाट अराजकताका बाटाबाट परिवर्तन सम्भव छैन, यसमा प्रस्ट हुनुपर्छ । ’
उनले विरोधीहरूले वर्तमान सरकार आजै ढल्ने भोलि नै ढल्ने भनेर प्रचार गरे पनि त्यस्तो अवस्था नरहेको दाबी गरे ।
‘सरकार साँझ ढल्छ, राति नै ढल्छ । आज नढले भोलि नै सरकार ढल्छ, भोलि नभए पर्सि, नभए अर्को हप्ता नभए महिना भन्ने गरेका छन्’, उनले भने, ‘८४ मङ्सिरमा चुनाव हुन्छ अनि सरकार परिवर्तन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी