क्रिकेट समर्थकका लागि बस सेवा सञ्चालन

काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा माघ १९ देखि २८ गतेसम्म ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ आयोजना हुँदैछ । उक्त प्रतियोगितालाई ध्यानमा राखी धनगढी उपमहानगरपालिकाले फाप्ला क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने भएको छ ।
अर्जुन ट्रफी हेर्न जाने दर्शकहरुको सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गर्न लागिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा उपलब्ध गराउने बताइएको छ ।
२० मिनेटको अन्तरमा नगर बसले सेवा दिने उपमहानगरपालिकाले जनाएको छ । खेल हेर्न जाने दर्शकलाई नगर बसले सहज हुनेछ । गो ड्रिमर्सले यो वर्षदेखि अर्जुन ट्रफी आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को वार्षीक क्यालेण्डर अनुरुप सञ्चालन हुन लागेको हो ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीको नगद पुरस्कार राशी करिब २० लाख रुपैयाँ रहेको छ । टी–२० ढाँचाको उक्त प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यसका अतिरिक्त, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र उदीयमान खेलाडीले पनि जनही ५०÷५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगितामा देशभरका आठवटा टोलीको सहभागिता रहने छ । प्रत्येक क्लबले आफ्नो टोलीमा ‘ए’ श्रेणीका चारजना, ‘बी’ श्रेणीका पाँचजना र बाँकी ‘सी’ श्रेणीका खेलाडी समावेश गर्न पाउने छन् । ‘ए’ श्रेणीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् । यसैगरी, ‘बी’ श्रेणीमा भने राष्ट्रिय टोली ए, यू–१९ राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ श्रेणीमा यू–१६ राष्ट्रिय टोलीका खेलाडी तथा प्रदेशका यू–१९, यू–१६ र अन्य खेलाडी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त