शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारी निर्वाचन

अखिल क्रान्तिकारीकाे मतगणना : दुई पक्षबिच निर्वाचन समितिको निर्णय मानेर जाने समझदारी

मङ्गलबार, १५ माघ २०८१, १४ : ०२
मङ्गलबार, १५ माघ २०८१

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको अवरुद्ध मतगणना नरोक्ने समझदारी भएको छ । नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचन अन्तर्गत विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबिच विवाद हुँदा मतगणना कार्य रोकिएको थियो । 

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्षका उम्मेदवारहरू, निर्वाचन समिति र विद्यार्थी सङ्गठनका इन्चार्ज हिमाल शर्मासहित सर्वपक्षीय बैठकले मतगणना नरोक्ने समझदारी बनेको क्रान्तिकारीका नेता मदन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मतगणना अगाडि बढाउन अध्यक्षका उम्मेदवारले लिखित रूपमा राय निर्वाचन समितिलाई दिने  र समितिको निर्णय मानेर जाने सहमति भएको छ । 

‘मतगणना नरोक्ने सहमति भएको छ । अध्यक्षका उम्मेदवारहरूले लिखित राय दिनुहुन्छ । त्यही रायका आधारमा निर्वाचन समितिले निर्णय गर्छ । सायद ३ बजेबाट मतगणना सुरु हुन्छ होला’, रातोपाटीसँग उनले भने । 

मतपत्रमा प्रयोग भएको निर्वाचन आयोगले तय गरेको मसीलाई मात्र मान्यता दिने कि अन्य मसीलाई पनि मान्यता दिने विषयमा दुई पक्षबिच विवाद भएको थियो । सापकोटा पक्षले सबै मसीलाई मान्यता दिनुपर्ने अडान राखेको थियो भने राई पक्षले आयोगले तोकेको मसीलाई मात्र मान्यता दिनुपर्ने अडान राखेको थियो ।

पछिल्लो समय मतपेटीको पेरिसडाँडा लैजाने विषयमा विवाद हुँदा मतगणना कार्य प्रभावित हुँदै आएको थियो । दुवै प्रदेशमा गरी ५२२ मत गन्न बाँकी छ । अन्य प्रदेशको मतगणना सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म २० मतले सापकोटा अगाडि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?