च्याम्पियनसिप ट्रफीअघि दक्षिण अफ्रिकी टोलीमा एकपछि अर्को घाइते समस्या

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजित दोस्रो ठुलो प्रतियोगिता च्याम्पियनसिप ट्रफी सुरु हुन करिब तीन साता बाँकी छ । च्याम्पियनसिप ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुँदैछ ।
प्रतियोगिताको मिति नजिकिँदै जाँदा उपाधिको दाबेदारी मानिएको टोलीमध्येको एक दक्षिण अफ्रिकी भने एकपछि अर्को खेलाडी घाइते हुने समस्याबाट पीडित बनेको छ । दक्षिण अफ्रिकी टोलीका थुप्रै खेलाडी घाइते अवस्थामा छन् ।
घाइते खेलाडीको सूचीमा पछिल्लो समय अर्का स्टार खेलाडीको नाम पनि थपिएको छ । च्याम्पियनसिप ट्रफीका लागि घोषित टोलीमा समावेश भएका प्रभावशाली खेलाडी डेभिड मिल्लर पनि चोटग्रस्त बन्न पुगेका छन् ।
च्याम्पियनसिप ट्रफीअघि घाइते हुने उनी दक्षिण अफ्रिकाका आठौँ खेलाडी हुन् । उनी दक्षिण अफ्रिकाको फ्रेन्चाइज प्रतियोगिता खेल्ने क्रममा सोमबार घाइते भएका हुन् । उक्त टी–२० फ्रेन्चाइज लिगमा उनी पर्ल रोयल्सको तर्फबाट खेल्दैछन् ।
डेभिड मिल्लर डरबन सुपर जायन्ट्सविरुद्धको खेलका क्रममा घाइते भएको समाचारमा जनाइएको छ । उनको कम्मरमा चोट लागेको बताइएको छ । उक्त खेलमा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका हुन् ।
घाइते भएपछि उनलाई सहयोगीहरूले मैदानबाट बाहिर निकालेका थिए । च्याम्पियनसिप ट्रफीको संघारमा मिल्लर घाइते हुनु दक्षिण अफ्रिकाका लागि दुर्भाग्य बनेको छ ।
अर्का प्रभावशाली खेलाडी लुङ्गी एनगिडी यसअघि नै घाइते छन् । उनी केही समयदेखि मैदानमा पनि देखिएका छैनन् । उनी अहिले उपचारमा ब्यस्त छन् ।
यसैगरी, पिठ्यूँको समस्याका कारण एनरिक नोर्कियाले पनि च्याम्पियनसिप ट्रफी नखेल्ने पक्का भइसकेको छ । यसका अतिरिक्त च्याम्पियनसिप ट्रफीका लागि टोलीमा स्थान पाएका वियान मुल्डर पनि अहिले घाइते अवस्थामै छन् ।
यसैगरी, जेराल्ड कोएट्जी पनि अहिले ह्यामस्ट्रिङ समस्यासँग जुधिरहेका छन् । लिजाड विलियम्स, नान्द्रे बर्गर, ड्यारिन डुपाविलोन र ओटनिल बार्टम्यान पनि अहिले घाइते अवस्थामै छन् ।
च्याम्पियनसिप ट्रफीका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), टोनी डी जोर्जी, मार्को जानसन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मारक्रम, डेभिड मिल्लर, वियान मुल्डर, लुङ्गी एनगिडी, कागिसो राबडा, रायन रिकेल्टन, ताबरेज शाम्सी, ट्रिस्टन स्टब्स र राशी भान डेर डुसेन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत