डिजिटल भुक्तानीलाई निःशुल्क बनाउन अर्थमन्त्रीसँग सांसद डाँगीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचेतक निशा डाँगीले डिजिटल भुक्तानीलाई निःशुल्क गर्न अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षणपत्र बुझाएकी छन् । सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले मंगलबार ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
उनले सरकारले डिजिटल फ्रेम नेटवर्कको खाका बनाएको तर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणले दुख पाएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् ।
‘सरकार एकातिर डिजिटल फ्रेम नेटवर्कको खाका बनाएका विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको बताउँछ‚ अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्याइरहेको भन्ने विषय उल्लेख गर्दै सरकारले आगामी दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहन गर्दै डिजिटल भुक्तानीलाई अझ सहज र प्रभावकारी बनाउन अनुरोध गरेको छु‚’ उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने