राजामौलीको फिल्ममा जोन अब्राहमको इन्ट्री
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता महेश बाबु र एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ को चर्चा जारी छ । फिल्मको स्टारकास्टबारे बाहिर आएको जानकारीअनुसार प्रियंका चोपडापछि फिल्ममा अर्का बलिउड कलाकारको इन्ट्री भएको छ । फिल्ममा यस अघि पृथ्वीराज सुकुमारनको चर्चा चलेको थियो ।
तर अब सो स्थानमा जोन अब्राहम भित्रिएको खबर आएको छ । मिडिया रिपोर्टका अनुसार जोन अब्राहमका कारण पृथ्वीराज सुकुमारन एसएस राजामौलीको फिल्म एसएसएमबी २९ बाट बाहिरिएका छन् । मेकरहरूले उक्त भूमिकाका लागि पृथ्वीराजलाई नै लिन खोजेका थिए । तर अब भने पृथ्वीराजको ठाउँमा जोन अब्राहमलाई लिइएको खबर आएको छ ।
केही दिनअघि फिल्मको छायांकनको लागि महेश बाबुसँगै प्रियंका हैदराबाद पुगेकी थिइन् । फिल्मका लागि प्रियंका चोपडाले जोनसँग पनि हैदराबादमा धेरै दृश्यहरू छायांकन गर्ने बताइएको छ । प्रियंका र महेश बाबुले फिल्ममा आ–आफ्नो भूमिकाको छायांकन सुरु गरिसकेका छन् । जोन पनि चाँडै नै उनीहरूसँग जोडिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत