तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक
मङ्गलबार, १५ माघ २०८१, १३ : ०६

काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलनको उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनका लागि तरलता खिच्न लागेको हो ।
यसको साँवा तथा ब्याज भुक्तानी फागुन ६ गते हुने राष्ट्र बैंकले जनाएको छ । यसमा सहभागी हुन घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गर्नुपर्नेछ ।
यो रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !