शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

कोरियामा ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम सम्पन्न

मङ्गलबार, १५ माघ २०८१, १३ : ०४
मङ्गलबार, १५ माघ २०८१

दक्षिण कोरिया । कोरियाली नयाँ वर्षको अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले एक कार्यक्रम सम्पन्न गरेको छ । 

राजधानी सउलमा सम्मान तथा ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम सम्पन्न गरिएको हो । गौतम बुद्ध नेपालमा जन्मिएको विषयमा कोरियाली समुदायमा रहेको भ्रमलाई चिर्न यो कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

विपिन कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य विनोद कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशेष अतिथिका रूपमा सचिव जुनु गुरुङ र प्रवक्ता डा. प्रकाश धमाल उपस्थित थिए ।
कार्यक्रममा कुँवरले आफ्नो गैरआवासीय नेपाली संघले विगत लामो समयदेखि ‘Buddha Was Born In Nepal’ अभियान सञ्चालन गरिरहेको बताउँदै कोरियामा यस अभियानको पुनःसुरुआत हुनु निकै सकारात्मक कदम भएको बताए । 

उनले गैरआवासीय नेपाली संघको केन्द्रमा देखिएको विवादलाई सर्वोच्च अदालतको परमादेशअनुसार छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । साथै, उनले एनआरएनएलाई विधि, विधान र एकतामा आधारित बनाउँदै अघि बढ्न कसैले रोक्न नसक्ने कुरा पनि स्पष्ट पारे ।

कार्यक्रममा कोरियामा रहेका विभिन्न राजनीतिक दलका प्रमुख, पत्रकार महासंघ, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिह र कोरियामा रहेका लामा गुरु र बौध्द धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति थियो । सो अवसरमा नेपाली समुदायका लागि भूमिका खेलेको भन्दै विनोद कुँवरलाई सम्मान समेत गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप