कोशी प्रदेशमा चालकको लापसे जाँच गर्ने ट्राफिक प्रहरीको अभियान
_Xqzk0TtqcZ.jpg)
काठमाडौँ । कोशी प्रदेशस्थित मुख्य राजमार्गहरूमा गाडी चलाउने चालकहरूले लागु पदार्थ सेवन गरेको अवस्थाबारे जाँच गर्न थालिएको छ । लागुऔषध सेवनसँगै, रक्तचाप, सुगर र आँखा जाँच सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।
पुस १२ बाट स्वास्थ्य परीक्षण कार्यक्रम अभियानकै रूपमा सुरु गरिएको छ । २ सय ८६ जना चालकको पिसाब परीक्षण गर्दा ६६ जनाले लागूपदार्थ सेवन गरेर गाडी चलाएको भेटिएको एसपी घिमिरेले बताए ।
विगत ३ आर्थिक वर्षको तथ्यांकअनुसार कोशीमा चालकको लापरबाहीका कारण धेरै दुर्घटना भएको भेटिएको छ । कोशी प्रदेशका डीआईजी राजन अधिकारीले चुनौतीको रूपमा रहेको सवारी दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य जाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन् ।
चालकको लापरबाहीसँगै चालकहरूको स्वास्थ्य अवस्था कमजोर भएर तथा लागूपदार्थ सेवनबाट पनि हुने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ । स्वस्थ चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्ने निष्कर्ष सहित अभियान सुरु गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हत्यैहत्या र लासैलासको खातमा उभिने राजसंस्था अब फर्किँदैन- खगराज अधिकारी
-
ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा ठग्दै हिँडे, अनुसन्धान गरेर कारबाही गर्नुपर्छ - डा. भट्टराई
-
यस्तो छ चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’
-
सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसँगै सकियो ‘आइइसी डिजाइनर रनवे’
-
यी हुन् तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी (सूचीसहित)
-
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण शुल्क बढ्यो