झा र निलम्बित सचिव पाण्डेको मुद्दा सुनुवाइ गर्दै सर्वोच्च

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरू वेचन झा र टेकनारायण पाण्डेको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदैछ। निलम्बित सचिव पाण्डेको मुद्दा एकल इजलासमा र झाको मुद्दा संयुक्त इजलासमा पेसी रहेको छ।
जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो । पाण्डेको मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी रहेको छ।
त्यस्तै झाको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि पाण्डेको मुद्दा हेर्न नभ्याउने भएको थियो भने झाको मुद्दामा फाइल मगाउने आदेश गरेको थियो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ हुँदैछ । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए ।
पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् । उनी पहिलो अभियोगपत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोगपत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाड, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।
बेचन झा भने पूरक अभियोगपत्रवाट यो प्रकरणमा जोडिएका हुन् । पहिलो अभियोगपत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । भारतबाट पक्राउ गरि ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोगपत्र दर्ता गराएको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसविरुद्ध झा शुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको थियो ।
उच्च अदालत पाटनले पुस १ गते उनलाई थुनामा पठाएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस २ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन आदेश गरेको थियो ।
उनीहरू एकै पटक जिल्लामा पेस भएकाले उच्चमा पनि सँगै पुगेका थिए उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि झा सर्वोच्च पुगेका हुन् । थापा पनि सर्वोच्च जाने तयारीमा छन् । उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।
पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काँग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै