मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

मङ्गलबार, १५ माघ २०८१, १२ : ३१
मङ्गलबार, १५ माघ २०८१

बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पर्सा सखूवाप्रसौनी गाउँपालिका–१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् । 

इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको सिट मुनी लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अनिल र गाडीमा सवार ओम प्रकाशलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप