६ महिनामा आयो २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । २०८१ पुस मसान्तसम्ममा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।
दर्ता उद्योगमध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४ दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यससँगै नेपालमा हालसम्म नेपालमा कुल वैदेशिक लगानीका लागि प्रस्तावित रकम ५ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
जसमध्ये साना उद्योग सङ्ख्या ३ सय ४५ छ । मझौला उद्योग सङ्ख्या ५ र ठुला उद्योग ४ रहेको विभागको तथ्याङ्क छ ।
यसरी आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठुलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल सङ्ख्याको ४४ प्रतिशत भएको विभागले जनाएको छ । यसैगरी सूचना प्रविधिमा १ सय १९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग पूर्वाधारमा २ उद्योग दर्ता भएको छ । ऊर्जा र खनिजमा कुनै लगानी आएको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली पेटमा कफी पिउनु हुन्छ ? हुन सक्छन् यस्ता क्षति
-
महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै
-
ट्रम्पले भने-युक्रेन युद्धबारे पुटिनसँगको वार्ता ‘सफल एवं सार्थक’
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ?
-
इटालियन सिरी’एमा जेनोआ विजयी
-
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली