ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त, यस्ता छन् आरोप
मङ्गलबार, १५ माघ २०८१, १० : ५६
![ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त, यस्ता छन् आरोप](https://npcdn.ratopati.com/media/news/image_bZTVu04nKy.png)
वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनले न्याय मन्त्रालयका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी अधिकारीहरूले ट्रम्प विरुद्ध अनुसन्धान गरेका थिए ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार, कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको न्याय मन्त्रालयका एक अधिकारीले बताए ।
यी अधिकारीहरूले राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम हुनेछन् भन्ने उनलाई नलागेको बताइएको छ । यसैबिच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।
यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप