फिल्म ‘जार’ नयाँ वर्षको वैशाखमा प्रदर्शन हुने
काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरि टेल पिक्चर्सले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै ‘जार’ आगामी वैैशाख २६ (मे ९)मा प्रदर्शनमा आउने जानकारी दिएको छ ।
फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यसैसाता वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।
सार्वजनिक पोस्टरमा प्रमुख तीन पात्रलाई क्यारेक्टर लूक्समा देखाइएको छ । फिल्मको शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।
फूर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्मको सम्पूर्ण छायाङ्कन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्नेछ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनबारे त्रिविले गर्यो विद्यार्थी संगठनहरूसँग छलफल
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ