फोटोफिचर
स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी (तस्बिरहरू)
मङ्गलबार, १५ माघ २०८१, १० : १४
_JprAmPGbS5.jpg)
काठमाडौँ । प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदै छ । प्रेस सेन्टरको केन्द्रीय समितिको आयोजनामा आज बिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष जुगल सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने प्रण उनीहरुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध