बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हमासले रिहा गर्ने ३३ बन्दीमा ८ जना पहिल्यै मरिसकेको तथ्य सार्वजनिक

मङ्गलबार, १५ माघ २०८१, ०६ : ३३
मङ्गलबार, १५ माघ २०८१

काठमाडौं । इलरायलले हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहेका ३३ जनामध्ये ८ पहिल्यै मरिसकेका जनाएको छ । हमासको सूचीबाट युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामा ८ पहिल्यै मरिसकेका पत्ता लागेको इजरायली अधिकारीहरुले बताएका छन् । 

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकारलाई दिएको जानकारी अनुसार हमासले अन्य २५ जना जीवित रहेको जानकारी दिएको छ । उनले हमासबाट बन्दीहरुको अवस्थाबारेको जानकारी प्राप्त भएको बताएका छन् । 

प्रवक्ता मेन्सरले मृतकको नाम भने पत्रकारलाई बताएनन् । यद्यपि, परिवार तथा आफन्तजनलाई उनीहरुको स्थितिबारे सूचित गरिएको उनले जानकारी दिए । अब, बन्दीहरुको अघिल्लो रिहाई बिहीबार र शनिबार हुने बताइएको छ । 

अझै पनि ९० भन्दा बढी व्यक्ति हमास कै नियन्त्रणमा रहेको बताइन्छ । यो घोषणाअघि इजरायलले कम्तिमा पनि ३५ जना बन्दी मारिएको अनुमान गरेको थियो । सम्झौताको पहिलो चरण अन्तर्गत गाजामा बन्द ३३ बन्दीलाई इजरायलले लिएको छ । बदलामा १९ सय बढी प्यालेस्टाइनीलाई रिहा गर्नु पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप