शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

मङ्गलबार, १५ माघ २०८१, ०५ : ४६
मङ्गलबार, १५ माघ २०८१

श्री गणेशाय नमः 
आज विक्रम संवत २०८१ साल माघ १५ गते,  मंगलबार । ईश्वी सन् २०२५ जनवरी २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी, ३१ घडी ३२ पला, बेलुकी ७ बजेर ३१ मिनेट उप्रान्त औशी । नक्षत्र–पूर्वाषाढा, ५ घडी ४ पला, बिहान ८ बजेर ५६ मिनेट उप्रान्त उत्तराषाढा । योग–बज्र, ४४ घडी १३ पला, रातको १२ बजेर ३६ मिनेट उप्रान्त सिद्धि । करण–भद्रा, बिहान ७ बजेर ४१ मिनेट उप्रान्त शकुनी, बेलुकी ७ बजेर ३२ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–धनु , दिउसो ३ बजे उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५४ पला ।  

आजको बार बेला  
बिहान ०६ बजेर ५४ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ३८ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ३९ मिनेटदेखि दिउँसो २ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
दिउँसो २ बजेर ५९ मिनेटदेखि बेलुकी ४ बजेर १९ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर २० मिनेटदेखि बेलुकी ७ बजेर १९ मिनेटसम्म काल बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो ३ बजेर ०० मिनेटदेखि बेलुकी ४ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लगानीबाट लाभ लिन सकिनेछ ।
 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) व्यापार व्यवसायमा भनेजस्तो मुनाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । परिवारमा आफन्त तथा पति पत्नीबीच विवाद बढ्नेछ भने चेली माइती बीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । साझपख छोटो दुरीको यात्राको तय हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यापार, उद्योग तथा शेयर बजारमा गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नीबीच आत्मियता बढेर जानेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा  बिलम्ब हुनेछ । आफन्त तथा साथीभाइसँग विवाद बढ्नेछ । शत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईंको विपक्षमा फैसला हुनेछन् । नाफामुलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामुलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।  साँझपख माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । विलाशी सामान प्राप्तिको योग रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) घर जग्गा तथा पैत्रिक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाइको  प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानि थोरै हुँदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा विवाद बढ्नेछ भने बाहिरका मानिससँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेकोछ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुको विगविगी रहनेछ । प्रेममा धोका हुने हुँदा आजको दिन टाडै बस्नु नै बेस हुनेछ । र, पनि कृषि, पशुपालन तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । खाद्यान्न, गरगहना तथा शेयर बजारमा गरिने लगानीबाट लाभ हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईंको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिंदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी समय फलदायी रहेकाले पद प्राप्तिको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरुका लागी समय उत्तम रहेकोछ । साँझपख सांगीतिक यात्राको योग रहेकोछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । साँझपख वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दां आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा शेयर बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) दिनभर श्रम गरेपति उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडधूप गर्नु पर्नेछ । दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । प्रेममा धोका हुनसक्छ ख्याल गर्नुहोला । साझपख व्यापारमा बृद्धि हुने योग रहेकोछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप